चितुवा मृत अवस्थामा  फेला

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  ७ : ०९


चिप्लेढुंगा । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे स्कुल नजिकै कच्ची सडकमा आज बिहान मृत अवस्थामा चितुवा फेला परेको छ । 

मृत अवस्थामा भाले चितुवा देखेपछि स्थानीयवासीले वन कार्यालयमा खबर गरेको पत्रकार श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

चितुवाको शरीरमा घाऊ देखिएकाले अर्को चितुवासँगको आक्रमणमा मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ ।

अहिले प्रहरी र जिल्लावन कार्यालयका कर्मचारीले मृत चितुवालाई उठाएर कार्यलयमा लगेको उहाँले बताउनुभयो ।

के कारणले चितुवाको मृत्यु भएको हो, पोष्टमार्टमपछि मात्रै खुल्ने वन कार्यालयले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्