नर्सिङ होममा वृद्धहरुको मनोरञ्जनको लागि नग्न युवती बोलाइएपछि भयो विरोध

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ४ : ५०


काठमाडौं। नर्सिङ होम वृद्धवृद्धा हेरचाहको लागि खोलिएको संस्था हो।

त्यहाँ वृद्धवृद्धा हेरचाहको लागि नर्स लगायतका कर्मचारीहरु खटाइएका हुन्छन्।

वृद्धवृद्धालाई त्यस्ता संस्थामा मनोरञ्जनका लागि विभिन्न खेलहरु पनि खेलाइन्छन्।

तर ताइवानको एक नर्सिङ होममा भने केही वृद्धहरुको समूहलाई मनोरञ्जन गराउन स्ट्रिप डान्सर बोलाइएको पाइएको छ।

पूर्व सेनाहरुको हेरचाहको लागि खोलिएको द ताओयुआन भेटेरान्स होममा नग्न युवतीले वृद्धहरुको लागि नाचेको र नग्न शरीर प्रदर्शन गरेको ल्याड बाइबलले उल्लेख गरेको छ।

ती महिलाले वृद्धहरुसँग उत्तेजक गतिविधि गरेको पनि भिडिओमा देखिएको बताइएको छ।

यो घटनाको भिडिओ सार्वजनिक भएसँगै उक्त नर्सिङ होमको आलोचना भएको छ।


प्रतिक्रिया दिनुहोस्