काठमाडौं । गायिका आस्था राउत प्रकरणमा गायक राजेश पायल राइले दुवैतर्फको गल्ती औंल्याएका छन् ।
त्रिभुवन विमानस्थलमा गायिका आस्था राउत र एक महिला प्रहरीबीच विवाद चर्चामा रहेका बेला चर्चित गायक राजेश पायल राईले फेसबुकमा स्टाटस लेख्दै आस्था राउतलाई 'रुन्ची'नबन्न सुझाव दिएका छन्।
राजेश पायलले भनेका छन्,‘एयरपोर्टमा साहरुख खानलाई त झन् कट्टुमै चेक गरेको थियो, त्यो उसको अधिकार हो। अब रह्यो पुलिसले कस्तो व्यवहार गर्योरु चेकिङमा कफी पानी लान पाइँदैन। वालेट पनि लान पाइँदैन। उनी मेरी बहिनी हुन् राम्री गायिका हुन् अझ एक द भ्वाइसजस्तो रियालिटी सोकी कोच हुन्।’
राईले भनेका छन्,‘आफ्नो इज्जत ठाउँमा राख्नुपर्छ। माया लिनेले घृणा सहन सक्नुपर्छ। तब न हामी कलाकार। उसै त हामी नाथे कलाकार। धेरै रुन्ची नबन अब तिमी ठूली भइसक्यौं।’
उनले अन्तमा आस्था र विमानस्थलमा खटिएका कर्मचारी दुवैले सुध्रिनुपर्ने बताएका छन्।
यो पनी
३३ किलो सुनकाण्डको सिसीटिभी फुटेज सार्वजनिक गर्न प्रहरीलाई अनुरोध !
गायिका राउतको विषयमा अनुसन्धान हुँदैछ : प्रहरी