भारतमा बच्चा चोरेको आरोपमा साधु–सन्तमाथि कुटपिट

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : १३


काठमाडौं। भारतमा बच्चा चोरेको आरोपमा केही साधु–सन्तमाथि कुटपिट भएको छ।

महाराष्ट्रको सांगलीमा उत्तर प्रदेशका चार साधुमाथि कुटपिट भएको बीबीसीहिन्दीले जनाएको छ। सो घटनाको भिडिओ फुटेजहरु पनि सार्वजनिक भएका छन्।

सांगलीका एसपी दिक्षित गेदमका अनुसार हालसम्म सो क्षेत्रमा बच्चा हराएको र चोरी भएको कुनै जाहेरी परेको छैन।

यद्यपी गाउँलेहरुले साधुलाई सो क्षेत्रमा बच्चा चोरेको आरोपमा कुटेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले यस विषयमा अनुसन्धान गर्ने बताएको छ।

प्रहरीका अनुसार ती साधुहरु पंढरपुर दर्शनका लागि जाँदै थिए। सोहीबेला गाउँलेहरु बच्चा चोरहरु भन्दै उनीहरुमाथि जाइलागेका थिए।


प्रतिक्रिया दिनुहोस्