चोलेन्द्रको अभिव्यक्तिप्रति पूर्वन्यायाधीश समाजको आपत्ति

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ४०


काठमाडौं । पूर्वन्यायाधीश समाजले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै समाजले संसदीय छानबिन समितिमा दिएको बयानप्रति आपत्ति जनाएको हो।

फोरमका अध्यक्ष टोपबहादुर सिंहले विज्ञप्ति जारी गर्दै महाभियोग सिफारिस समितिमा जबराले दिएको बयानप्रति खेद प्रकट गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्वन्यायाधीश फोरमसँग आबद्ध पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।’

यस्तै, संसदको कार्यकाल सकिँदैमा विरुद्ध दर्ता भएको महाअभियोग निष्क्रिय नहुने पनि समाजले बताएको छ।

 


प्रतिक्रिया दिनुहोस्