युक्रेनसँग रुस हार्दै जाँदा र ताइवान तनाव बढिरहँदा रुस र चीनका राष्ट्रपतिबीच बिहीबार भेटवार्ता

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ४५


मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनपिmङले बिहीबार उज्वेकिस्तानमा हुने बैठकमा युक्रेन र ताइवानबारे छलफल गर्ने भएका छन्।

भूराजनीतिक अवस्थालाई ध्यानमा राख्दै पुटिन र सीबीच भेट हुन लागेको रुसले बतााएको छ।

सीले यसहप्ता मध्य एसियाको यात्राको लागि दुई वर्षमा पहिलो पटक चीन छोड्नेछन्, जहाँ उनले पुटिनलाई भेट्न लागेका हुन्।

सी र पुटिनले यस्तो समयमा भेट्दैछन् जतिबेला युक्रेन द्वन्द्व र ताइवान तनाव जारी छ। चीन र रुसबीच टकराव रहेको क्षेत्र ताइवान र युक्रेनलाई भने अमेरिकाले समर्थन जनाइरहेको छ।

ताइवानलाई चीन आफ्नो भूमि भएको बताउँछ। चीनले ताइवानलाई आक्रमण गरेरै कब्जा गर्नसक्ने सम्भावनालाई नकार्दैन। यस्तोमा चिनियाँ नीति ताइवानमा लागु नहुने भन्दै त्यहाँको सरकारले अमेरिकाबाट हतियार खरिद गरिरहेको छ।

यतिबेला चिनियाँ चेतावनी बाबजुद अमेरिकी शीर्ष अधिकारीहरुले ताइवानको भ्रमण गरिरहेको अवस्था छ।

यस्तै पछिल्ला दिनहरुमा रुसले युक्रेनसँगको युद्ध हार्ने अवस्था बनेको छ। रुसले युक्रेनसँगको युद्धमा चिनियाँ सहयोग माग्नसक्ने अनुमान गरिएको छ।

रुसी अधिकारीहरुका अनुसार दुई राष्ट्रपतिहरूले द्विपक्षीय एजेन्डा र मुख्य क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा छलफल गर्नेछन् भने स्वाभाविक रूपमा उनीहरुले द्विपक्षीय रणनीतिक साझेदारीमा काम गर्नेछन्।


प्रतिक्रिया दिनुहोस्