बैंकहरु ले कमाए ६ अर्ब १५ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा
आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले ९ अर्ब ३ करोड ८० लाख ९२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा २६ बैंकहरुले ६ अर्ब १५ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका थिए।
नेपाल राष्ट्र बैंक का अनुसार चालु आवको पहिलो महिनामा धेरैनाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले साउनमा ८१ करोड ३६ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नबिल ले नेपाल बंगलादेश बैंक प्राप्तीपछि बैंकको नाफामा सुधार भएको र बैंकले ५ करोड ८८ लाख रुपैयाँ (७.७९ प्रतिशत) बढी नाफा कमाएको छ ।यसी गरी राष्ट्रिय वाणिज्य बैंकले दोस्रो ठूलो ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैंकले साउन महिनामा ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । एनआईसी एशिया बैंकले ४७ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड १ लाख, प्राइम बैंकले ३९ करोड ५४ लाख, प्रभु बैंक ३७ करोड ६१ लाख, सिद्धार्थ बैंकले ३७ करोड ५७ लाख, एनएमबि बैंकले ३६ करोड ७ लाख, एभरेष्ट बैंक ३५ करोड ९५ लाख, नेपाल बैंक ३५ करोड ७५ लाख र हिमालयन बैंकले ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार कुमारी बैंकले २९ करोड २७ लाख, सानिमा बैंकले २८ करोड ६० लाख, स्ट्याण्डर्ड चार्टड बैंकले २७ करोड ९० लाख, मेगा बैंकले २७ करोड ८६ लाख, एनसीसी बैंकले २६ करोड ९२ लाख, कृषि विकास बैंकले २६ करोड ८२ लाख, माछापुच्छ्र बैंकले २५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी सिटिजन्स बैंक बैंकले २४ करोड ९४ लाख, सनराइज बैंकले २४ करोड ३५ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, नेपाल एसबिआई बैंकले १९ करोड ५१ लाख, सिभिल बैंकले १७ करोड ७७ लाख र सेञ्चुरी बैंकले १७ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंक अफ काठमान्डू ले भने सर्वाधिक कम १६ करोड ३० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क ले देखाएको छ ।