३३ किलो सुनकाण्डको सिसीटिभी फुटेज सार्वजनिक गर्न प्रहरीलाई अनुरोध !

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  २ : १८


काठमाडौं । गायिका आस्था राउत प्रकरणमा नेपाल प्रहरीले 'काउन्टर' दिन संवेदनशिल क्षेत्रको भिडियो फुटेज नै सार्वजनिक गरिदिएको छ। 

कतिपयले उक्त भिडियोमा 'गल्ती' प्रहरीको पनि देखिएको टिप्पणी गरिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल क्षेत्रको भिडियो क्लिप नै सार्वजनिक गरिनु 'गम्भीर विषय' भएको सुरक्षा विज्ञको टिप्पणी छ।

नेपालको विमानस्थलमा सुरक्षा व्यवस्था अत्यन्त कमजोर भनेर अन्तराष्ट्रिय चर्चा हुने गरेको छ। 

संवेदनशील क्षेत्रको भिडियो यसैगरी बाहिरिँदै गए विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठ्ने भन्दै विज्ञहरुले चिन्ता प्रकट गरेका छन्।

मानिसहरुले  फुटेज सार्वजनिक गरेपछि प्रहरीलाई व्यंग्य गर्दै ३३ किलो सुनकाण्डको भिडियो फुटेज पनि सार्वजनिक गर्न माग गरेका छन्।

स्मरण छ Aगतबर्ष दुबई हुँदै त्रिभुवन विमानस्थलबाट नेपाल भित्रिएको साढे ३३ किलो सुन तस्करी प्रकरणले तीन जनाको ज्यान लिइसकेको छ। 

उक्त प्रकरणमा नेपाल प्रहरीका उच्च अधिकृत नै आरोपित बनेका थिए। 

साढे ३३ किलो सुन कहाँ छ ? अहिलेसम्म कुनै शक्तीले पत्ता लगाउन सकेको छैन। उल्टै सुन तस्करी काण्ड नै बेपत्ता बनेको छ!

आस्था प्रकरणमा भिडियो बाहिर आएपछि सामजिक सञ्जालमा कसले के भने ? हेर्नुहा्स्


प्रतिक्रिया दिनुहोस्