आज पनि देशभर मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको संभावना

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार  २ : ०१


काठमाडौं । बिहीबार बेलुकाबाट निरन्तर परेको वर्षा आज पनि निरन्तर रहने भएको छ ।

आज शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रही पहाडी तथा तराई भू भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली र वर्षा भईरहेको छ।

काठमाडौँमा बिहीबार साँझदेखि निरन्तर भएको वर्षा २४ घण्टापछि मात्रै रोकिएको छ ।

तीन दिने पूर्वानुमान तालिका

माघ ४ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू(भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीः देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र तराईका भु(भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको छ।

माघ ५ गते (आइतबार)

दिउँसो स् देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

रातीः देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १/२ स्थानहरुमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

माघ ६ गते (सोमबार)

दिउँसो स् देशभर सामान्यतया सफा देखि आंशिक बदली भई पहाडी भू-भागका १/२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।

रातीः देशभर आंशिक देखि सामान्य बदली भई पश्चिमी पहाडी भू-भागका १/२ स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस्