क्षतिपूर्ति वापत पैसा मागेको छैन र लिदिँन: समिक्षा अधिकारी

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ९ : २४


काठमाडौं । नाबालिग बलात्कार प्रकरणमा नवलपुर अदालतले अभियुक्त पल शाहलाई साढे २ बर्षको जेल सजाय सुनाइसकेको छ। साथै २५ हजार जरिवाना र पीडित भनिएकी नाबलिगलाई १० लाख क्षतिपूर्ती दिन आदेश दिएको थियो।

सो फैसलापछि सामाजिक सञ्जालमा नकरात्मक टिप्पणी खेपिरहेकी समिक्षा अधिकारीले आफूले कुनै क्षतिपूर्ति नमागेको र उलिने पनि बताएकी छन्।

फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन्।

उनले आफूसँग जोडिएको घटनालाई लिएर कुनै पनि क्षतिपूर्ति नमागेको र नलिने स्पष्ट पारिन्।


प्रतिक्रिया दिनुहोस्