पुकार बमले रविको पार्टीको चुनाव चिन्ह लिने

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ८ : ४५


काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बमले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह लिएर चुनाव लड्ने भएकाछन्।

उनले मंगलबार अहिलेको आफ्नो अभियानलाई अझै बृहत् बनाउनका लागि आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णय लिएको बताएका छन्।

‘अहिले आवश्यक रहेको राजनीतिक परिवर्तनका लागि मेरो वा हाम्रो अभियानले मात्रै पुरा गर्न सक्दैन। हामी जो जो आममानिसको दैनिकीमा सकारात्मक परिवर्तन गर्न लागिपरेका छौँ, ती राजनीतिमा आउनै पर्छ र त्यो ठाउँसम्म पुग्नै पर्छु, उनले भनेका छन्, जहाँ पुगेर वास्तविक परिवर्तन गर्न सम्भव छ। हाम्रो संवैधानिक प्रावधानले पनि यसका लागि पार्टीको आवश्यकता पर्दछ। एक्लो व्यक्ति स्वतन्त्ररुपमा निर्वाचित भएर संसदमा पुगेर चाहेको परिवर्तन सम्भव छैन।’

उनले रवि नेतृत्वको रास्वपाले आफ्नो चुनाव चिन्ह घण्टी निर्वाचन प्रयोजनका लागि दिने भएपछि यस्तो निर्णय लिएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्