पुटिनलाई युद्ध गर्नुहुन्न भन्ने रुसी धनाढ्यहरु क्रमैसँग रहस्यमयी तवरबाट मर्न थाले!

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ४८


काठमाडौं। युक्रेनमा आक्रमण गर्नुहुन्न भन्ने रुसी धनाढ्यहरुको पालैपाले रहस्यमयी ढंगबाट मृत्यु भइरहेको छ।

हालैमात्र ३९ वर्षे इभान पेचोरिनको तिव्र गतिको डुंगाबाट खसेर मृत्यु रुसी संचारमाध्यमले जनाएका छन्। उनी फार इस्ट एन्ड आर्सिटीक डेभलोपमेन्ट कर्पोरेसनका प्रबन्ध निर्देशक थिए।

उनको मृत्यु अगाडि गत सेप्टेम्बर १ मा रुसी तेल कम्पनी लुकओइलका प्रमुख राभिल मेगनोभको अस्पतालको झ्यलाबाट खसेर मृत्यु भएको थियो।

रुसले युक्रेनमा आक्रमण गर्न लाग्दा यी धनाढ्यहरुले युक्रेनमा आक्रमण गर्दा रुसलाई नै घाटा हुने भन्दै रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई युद्ध नगर्न सुझाव दिएका थिए।

यी दुईको मात्र नभएर अन्य धनाढ्यहरुको पनि रहस्यमयी तवरबाट मृत्यु भएको छ जसले पुटिनलाई युद्ध नगर्न सल्लाह दिएका थिए।

गत फेब्रुअरी यता रुसी धनाढ्य युरो भोरोनोभको शव बेवारिसे अवस्थामा भेटिएको थियो भने गत जुलाईमा गाजप्रोम कम्पनीका मालिक युरो भोरोनोभको लाश पनि क्षतविच्छेद अवस्थामा भेटिएको थियो।

गाजप्रोमकै वित्तिय क्षेत्रमा कार्यरत एलेक्जेन्डर युलाकोभको पनि शव फेला परेको थियो। उनीहरु सबैको हत्या भएको आशंका छ तर रुसी अधिकारीहरुले उनीहरुको मृत्युको कारण खुलाएका छैनन्।

यी धनाढ्यहरुको मृत्युको मुख्य कारण के भनेर नखुले पनि उनीहरुले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न सल्लाह भने दिएका थिए। डेलीमेल


प्रतिक्रिया दिनुहोस्