कांग्रेस पर्वतवाट प्रतिनिधी सभामा विश्व प्रकाश वलियो दावेदार

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ४०


काठमाण्डौँ ।  आँउदो मंशिर चार गते हुन गई रहेको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै जाँदा पाटीहरुमा उम्मेदवार छनौटको सरगर्मी पनि वढेको छ । धवलागिरीको प्रवेशद्वारको रुपमा रहेको पर्वत जिल्लाको राजनीतिले समग्र धवलागिरीलाई प्रभाव पार्दै आएको छ । एक मात्र संघिय क्षेत्र रहेको पर्वतमा मुख्य गरी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरु को होलान? भन्ने कुराको मतदाता तहसम्म छलफल चल्न शुरु भएको छ । जिल्लामा दुई मध्ये एक मुख्य शक्तिको रुपमा रहेको नेकपा एमालले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, वहालवाला प्रतिनिधी सभा सदस्य पदम गिरी र गण्डकी प्रदेश सभा सदस्य विकास लम्साललाई प्रतिनिधी सभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ ।

तीन मध्ये एमाले स्रोतका अनुसार वर्तमान शांसद पदम गिरीको नै संभावना प्रवल रहेको देखिन्छ । गत निर्वाचनमा अति लोकप्रिय मतले विजयी भएका गिरी आँफूले जाहेर गरेका प्रतिवद्धताहरु पुरा गर्न नसक्दा यस पटक भने कमजोर भएको स्रोत वताउँछ । जिल्लाको अर्को ऐतिहासिक शक्तिको रुपमा रहेको नेपाली कांग्रेसमा पनि उम्मेदवार छनौटको चर्चाले स्थान पाएको छ । कांग्रेस पर्वतवाट प्रतिनिधी सभा सदस्यमा सिफारिस भएको सुची हेर्दा तीनै पुस्ताका नेताहरुको दावी रहेको देखिन्छ ।

जिल्लाका पहिलो पुस्ताका नेताको रुपमा रहेका पुर्व केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी, पुर्व पाटी सभापति नवराज गुरुङ, पुर्व मुख्य सचिव ऋषीकेश तिवारी, निवर्तमान पाटी सभापति खिम प्रसाद भुषाल मुख्य दावेदारका रुपमा देखिएका छन् । २०७४ को निर्वाचनमा एमालेसंग कांग्रेस भारी मतले पराजित भएको थियो । निर्वाचनमा एमालेवाट गिरी र काग्रेसवाट जोशी उम्मेदवार रहेका थिए । तीन कार्यकाल जिल्ला पाटी सभापति, दुई पटक केन्द्रिय सदस्य हुँदै ३ पटक शांसद भएका जोशीको यस पराजयसंगै लोकप्रियता क्रमशः घटदै गएको कांग्रेस स्रोतको भनाई छ ।

नवराज गुरुङ पाटीवाट पटक पटक टिकट पाएपनि विजय हात पार्न नसक्ने नेताको रुपमा गनिन्छन् । तिवारी र भुषालको पाटीमा लामो योगदान भएता पनि प्रतिनिधी सभा निर्वाचन हाँक्न सक्ने क्षमतामा पर्वतवासी सन्देह व्यक्त गर्दछन् । पाटीमा पुस्तान्तरण हुनुपर्ने आवाज आई रहेको वेला दोश्रो पुस्तावाट निवर्तमान पाटी सचिव विश्व प्रकाश प्रसाई, गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङ, नेपाल तरुण दलको अध्यक्ष विद्धान गुरुङ लगायतका उम्मेदवारहरु अगाडी देखिएका छन् । प्रदेश सभा सदस्य गुरुङले विगतमा पाएको अवसर न्यायोचित भएको भन्दै प्रतिनिधी सभाको लागि जिल्लाभर मतदातातहसम्म भिज्न नसकेकोले जित्न कठिन हुने स्रोतको दावी छ । तरुण दलका अध्यक्ष गुरुङ भर्खर मात्र तरुण दलको अध्यक्ष भएकोले देशभरको निर्वाचनलाई हाँक्नु पर्ने साथै एक कार्यकाल तरुण दलको निर्वाचित अध्यक्ष भए पश्चात मात्र लाभको पदमा जाने विचारमा रहेका छन् ।

वालुवाटार नजिकको मानिने उनलाई पाटी सभापति देउवा लगायतले यहि सझाएको स्रोतको भनाई छ । तर प्रत्यक्ष तर्फ उम्मेदवार वनेमा कुनै कलंक नलागेका गुरुङ एक वलियो उम्मेदवार भएको पर्वतवासीको भनाई छ । स्रोतका अनुसार उनले टिकट पाएमा विजयको संभावना उच्च छ । २०३६ सालमा नेपाल विद्यार्थी संघको सदस्यता ग्रहण गरी विद्यालयतहवाट विद्यार्थी राजनीतिको शुरुवात गरेका प्रसाई परिवर्तनको लागि भएका जुनसुकै आन्दोलनमा अग्रमोचार्ममा खटेका नेता हुन ।

ने.वि.संघको नेतृत्व गर्दै पाटीको निर्वाचित सचिवको जिम्मेवारी सम्म सम्हालेका प्रसाई पाटीको सुभेच्छुक संस्था लोकतान्त्रिक गैसस महासंघ नेपालको केन्द्रिय सचिव, डिएलए धवलागिरीको सचिव र डिएलए पर्वतको अध्यक्ष समेत छन् । पाटीको अहित हुने कुनै पनि काम नगरेको स्वच्छ छविको विद्वत व्यक्तित्वको रुपमा उनलाई पर्वतवासीले चिन्ने गरेका छन् । राजनीति पेशा व्यवसाय होईन, यो त सेवा हो भन्ने उनको मात्यतालाई सवैले सह्राना गर्दछन् । गहिरो अध्ययन, तार्किक प्रस्तुती र स्पष्ट वक्ताका रुपमा परिचित उनले आफ्नो पसिनालाई राजनीतिसंगै सामाजिक सेवामा ३० वर्षसम्म खर्चेका छन् ।

प्रत्यक्ष तर्फवाट उम्मेदवार व्यवस्थापन गर्न नसकेमा देशमा सवै भन्दा वढि जनताहरुसंग प्रत्यक्ष सरोकार राख्ने गैर सरकारी क्षेत्रमा कांग्रेसको पँहुच कम भएको सन्दर्भमा समानुपातिकवाट पनि शंसदमा उनको प्रतिनिधित्व गराउनु पर्ने पनि काग्रेस केन्द्रमा केही नेताहरुले तर्क अगाडी सारेका छन् ।

पर्वत जिल्लाका दुई प्रदेश क्षेत्रमा नेकपा एमाले एक्ले भिडने देखिन्छ भने कांग्रेस, माओवादीले एक एक क्षेत्र वाँडचुँड गर्ने संभावना छ । यद्यपी नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष मोति प्रसाद पौडेलको पनि पर्वत ख मा दावी रहेकोले गठवन्धनले उम्मेदवारी कसरी व्यवस्थापन गर्ने हो? चुनौतीकै रुपमा रहेको देखिन्छ । नेपाली कांग्रेसका नेताहरु अर्जुन प्रसाद जोशी, नवराज गुरुङ, ऋणीकेश तिवारी र खिम प्रसाद भुषाल पनि प्रतिनिधी सभामा टिकट पाइएला, नपाईला? टिकट पाएर पनि जित्न सकिएला नसकिएला? भनेर जोख्दै गरेको कार्यकर्ताहरुको भनाई छ । प्रतिनिधी सभामा टिकट पाउन वा पाएर पनि जित्न संभव नदेखिए यि चार नेताहरु पनि प्रदेशमा केन्द्रित हुने छन् । जोशी र गुरुङको लक्ष्य प्रदेश सभा सदस्यवाट मुख्यमन्त्रीसम्मको रहेको चर्चा छ ।  प्रतिनिधी सभा र प्रदेश सभामा उम्मेदवार वन्नको लागि उमेरको दृष्टिले तेश्रो पुस्ताले पनि आकांक्षा राखेको देखिन्छ तर यस पटकको निर्वाचनमा माथि उल्लेखित नेताहरुवाट उम्मेदवारी वाहिरा जाने संभावना देखिदैन । आकांक्षाले नेतृत्वको निरन्तरताको सुनिश्चित गर्ने भएकोले यो सकरात्मक भएका आम कांग्रेसजनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्