प्रचण्डले भने- ‘अचेल करोडौँ मानिसमा पनि एक्लो छु जस्तो लाग्छ’

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : ३०


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो जीवन कालमा निरासाजनक अभिब्यक्ति दिएका छन् ।

मंगलबार काठमाडौंमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तकुपल पलको मृत्युु को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले करोडौँ मानिसमा आफू अहिले एक्लो हुन थालेको भन्दै निरासा ब्यक्त गरेका हुन् । उनले जनयुद्धका बेला सिंगो मानव जातिको लागि काम गरेको अनुभूति भएको भएपनि अहिले एक्लो महसुस हुन थालेको बताए । उनले भने ‘जीवनको बोध हुन छाड्यो । करोडौँ मानिसमा स्वार्थका लागि काम गरिरहेका त छैनौं भन्ने अनुभूति हुन्छ । एक्लो भएको जसतो लाग्छ ।’

अहिलेको अवस्था जेजस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए। प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौं यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन हुन नसकेको र यसको महत्वलाई बुझाउन नसकिएको धारणा राखे।

आधुनिक नेपाल निर्माणमा जनयुद्दको महत्वलाई कसैले भूल्न नहुने उनको भनाइ छ। प्रचण्डले युद्दमा सहभागीहरूलाई जति शान्तिको महत्व अरूलाई नहुने पनि बताए।


प्रतिक्रिया दिनुहोस्