नेपाल प्रत्येक वर्ष गरिब बन्दै गयोः स्वामी आनन्द अरुण

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : १२


काठमाण्डौँ । ओसो तपोवन नेपालका संस्थापक स्वामी आनन्द अरुणले नेपाल प्रत्येक वर्ष गरिब बन्दै गएको बताएका छन् । दक्षिण एसियामा विकासको ठूलो नारा दिए पनि नेपाल सबैभन्दा गरिब देशमा स्थापित रहेको उनको दावी छ ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गर्ने कार्यक्रममा उनले सो कुरा बताए ।

कार्यक्रममा बीबी फाउन्डेसनका अध्यक्ष एवम् गैरआवसीय नेपाली सङ्घका पूर्वअध्यक्ष भवन भट्टले १० औँ सम्मेलनका अवसरमा भवन कीर्ति पुरस्कारको घोषणा गर्नुभएको हो । यो पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्