साफ यू-१७ च्याम्पियनसिप फाइनल भोलिः नेपालसामु इतिहास रच्ने अवसर

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ५४


काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपको फुटबलमा भोलि उपाधि भीडन्त हुँदैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भोलि बुधबार राति ८स्१५ बजे सुरु हुने फाइनल खेलमा नेपाल र भारत आमनेसामने हुने भएका छन् ।  भोलिको खेलमा नेपाल इतिहास कायम गर्ने लक्ष्यमा हुनेछ ।

यस अगाडी भएको खेलमा नेपालले भारतलाई हराएको हुनाले नेपाल उत्साहित छ । यद्यपी भोलिको खेलमा जित हासिल गर्न भने निकै कठिन हुने मुख्य प्रशिक्षक श्रेष्ठले बताएका छन् । च्याम्पियनसिप फुटबलको फाइनल अघि मंगलबार आयोजित प्रिम्याच कन्फरेन्समा बोल्दै उनले बंगलादेशविरुद्ध उत्कृष्ट खेलेको नेपाललाई भोलि जित हासिल गर्न कठिन हुने भन्दै भने ‘नेपालले पनि उत्कृष्ट खेल्यो । हाम्रो कप्तान टिममा फर्किएका छन् । मलाई लाग्छ फाइनल खेल कठिन खेल हुनेछ ।’

प्रशिक्षक श्रेष्ठले फाइनल खेल अघिल्ला खेलजस्तै महेनत गरेर खेल्ने बताए । उनले फाइनलका लागि टिम तयार भएको बताए ।प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २-१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६-० ले हराएर भारतसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३-१ गोल अन्तरले हराएको थियो । बुधबार नेपाल त्यहिँ जितलाई कायम राख्दै उपाधि उचाल्न चाहन्छ । यता, भारत भने नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।


प्रतिक्रिया दिनुहोस्