बुधबार राखेपको बैठक बस्ने, मुख्य दुई एजेण्डा समावेश

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ३६


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आह्वान गरिएको छ।

युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १४ औं बोर्ड बैठक आह्वान गरेका हुन् ।

मन्त्री गहतराजले भोलि बुधबारका लागि बोर्ड बैठक डाकेका हुन् ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभा हलमा बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।

बैठकमा मुख्य दुई एजेण्डा राखिएको छ । पहिलो एजेण्डा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे रहेको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना भईरहेको छ ।

दोस्रो एजेण्डालाई विविधमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्