पाकिस्तानलाई नेपालले पठायो २ करोड बढीको राहत सामग्री

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ०४


काठमाडौं । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।

पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाइएको हो।

सोमबार मात्रै नेपालले बाढीको चपेटामा परेको पाकिस्तानलाई २ करोड बराबरको राहत सामग्री सहयोग गर्ने जनाएको थियो।

 


प्रतिक्रिया दिनुहोस्