हर्कले धरानमा पानी ल्याएपछि खुशी भए धराने जनता (भिडिओ)

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : २५


काठमाडौं। धरान उपमहानगरका मेयर हर्क साम्पाङ राईले धरान शहरमा पानी ल्याउन सफल भएका छन्।

धराने जनतालाई आफ्नो कार्यकालमा पानी खुवाउन आफूले डटेर काम गर्ने वाचा गरेका उनले वाचा पुरा गरेका हुन्।

हर्कले हाल खर्दु र निशाने खोलाको पानी धरान ल्याउन सफल भएका हुन्। उनले बोलेको कुरा पुरा गरेका हुन्।

धरानमा पानी ल्याएसँगै धराने जनताले हर्कको दिल खुलेर प्रशंका गरेका छन्। सार्वजनिक भएको भिडिओमा हर्कसँगै धरानका जनताहरु रमाएको देख्न सकिन्छ।

हर्कलाई धरानमा पानी ल्याउनमा धराने जनताले पनि निकै सहयोग गरेका थिए। मेयर हर्कसँगै धराने जनता ढंगा बोक्न, पाइप बोक्न र ढुंगा कुट्न एकजुट भएका थिए।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्