रसुवागढी नाका दसैं अघि खुलाइदिन लीलाई राष्ट्रियसभा अध्यक्षको आग्रह

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ५८


काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुलाई दुई मुलुकबीचको रसुवागढी र तातोपानी नाका दसैं अघि नै खुलाउन आग्रह गरेका छन्।

कोभिड–१९ को कारण देखाउँदै चीनले दुवै नाका बन्द गरेपछि नेपाली व्यापारीहरुको करोडौं रकमका सामग्रीहरु बाटोमै अलपत्र परेका छन्।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले सोमबार बानेश्वरस्थित संसद् भवनमा भएको द्विपक्षीय प्रतिनिधिमण्डलबीच भेटवार्ताका दौरानमा नाकाहरु छिटो खुलाउनको लागि चिनियाँ पक्षलाई आग्रह गरेको अध्यक्ष तिमिल्सिनाका प्रेसविज्ञ अशोक पौडेलले जानकारी दिए। जवाफमा नेता लीले आफूले पहल गर्ने जानकारी दिएका छन्।

 


प्रतिक्रिया दिनुहोस्