चक्कु प्रहारको घटना सेलाउन नपाउँदै क्यानडामा दिनदहाडै प्रहरीको हत्या!

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  २ : ३२


काठमाडौं। चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो शहर टोरोन्टोमा एक जना प्रहरी अधिकारीको गोली प्रहारबाट मारिएका छन्।

गोली प्रहार गरेको आरोपको एकजना सन्दिग्धलाई प्रहरीले पक्राउ गरेको छ।

घटनामा घाइते भएका अन्य दुईजनालाई अस्पताल भर्ना गरिएको छ।

घाइतेको परिचय खुलाइएको छैन। सशस्त्र आक्रमणकारीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई चेतावनीयुक्त सूचना जारी गरेको छ।

प्रहरीले आक्रमणकारीहरूको खोजी तथा घटनाको अनुसन्धान गरिरहेको बताएको छ। रासस


प्रतिक्रिया दिनुहोस्