काठमाडौं । प्रहरीले गायिका आस्था राउतमाथि कारबाही प्रकिया अघि बढाएको छ ।
विमानस्थलमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि दुव्र्यवहार गरेको उजुरी दिएपछि कारवाही प्रकिया अघि बढाइएको प्रहरी प्रधान कार्यालय रानी पोखरीले जनाएको छ ।
प्रहरी जवानले अभद्र व्यवहार भएको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकि थिइन् ।
उजुरीमाथि कारबाहीका लागि विमानस्थल प्रहरी कार्यालयले कुराकानीको भिडियो तथा त्यसबेला रेकर्ड भएको सिसिटिभी फुटेजसमेतको प्रतिवेदन महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको थियो ।
राउतमाथि अभद्र व्यवहार गरेको कसूरमा कारबाही गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।