बालबालिका चोरी भइरहेको हल्ला अफवाह मात्रै: नेपाल प्रहरी

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : १०


काठमाडौं । नेपाल प्रहरीले बच्चा चोरी भइरहेको कुरा भ्रामक रहेको जनाएको छ।

पछिल्लो समय विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा भारतबाट आएकाहरुले नेपालमा बच्चाहरु चोरी गरिरहेको भन्दै भ्रम फैलाएपछि प्रधान कार्यालय, साइवर ब्यूरो भोटाहिटीको सो कुरा भ्रामक रहेको जनाएको छ।

त्यस्ता घटनाबारे कतैबाट पनि उजुरी नआएकाले सर्तक रहन प्रहरीको अनुरोध छ।


प्रतिक्रिया दिनुहोस्