चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ।
अन्य २१ जनाको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन । मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन्।
उनीहरुको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अन्य घाइतेमध्ये १३ चिनियाँ पर्यटकको चितवन मेडिकल कलेज र आठको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य दश घाइते सामान्य उपचारपछि फर्किएका छन् ।
गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बस ठक्कर खाँदा ३३ घाइते भएका थिए ।
नारायणगढ तर्फ आउँदै गरेको लु २ ख ३३०५ नं को ट्रकमा पछाडीबाट आउँदै गरेको बा १ प ७८३ नं को पर्यटक बस बिहान ११ः१५ बजे ठक्कर खाएको थियो ।
ट्रकमा ठोक्किँएर बस नजिकैको घरमा ठक्कर खान पुगेको प्रहरीले जनाएको छ । पर्यटक बोकेर बस सौराहा जाँदैै गरेको थियो ।