रियलमीको सबैभन्दा सुपथ मूल्यको फाइभजी स्मार्टफोन नाइन–आई फाइभजी नेपाली बजारमा

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : १०


काठमाडाैं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सबैभन्दा सुपथ मूल्यको फाइभजी स्मार्टफोन रियलमी नाइन–आई फाइभजी लन्च गरेको छ।

यो स्मार्टफोनमा २.४जीएचजेडको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ। यसमा फाइभजी नेटवर्कको फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ।

लन्चका बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘हामीले जहिले पनि प्रविधि र नयाँँ आविष्कारलाई सँग–सँगै राखी अगाडि बढिरहेका छौँ। हाम्रो मुख्य उद्धेश्य भनेको फाइभजीलाई धेरैभन्दा धेरै उपभोक्तामा पुर्याउनु हो र यसै सिलसिलामा हामीले नाइन–आई फाइभजी नेपाली बजारमा ल्याएका छौँ। हामीलाई आशा छ हाम्रा उपभोक्ताले यो फोनमा भएको उत्कृष्ट फिचरस र डिजाइनकोे राम्रो अनुभव लिनुहुनेछ। अहिलेको नेपाली बजार हिस्सालाई कायम राख्दै नेपाली बजारमा १ करोड रियलमी स्मार्टफोन उपलव्ध गराउने हामीले लक्ष्य लिएका छौँ।’

गिरीले भने, ‘५००० एमएएचको शक्तिशाली ब्याट्री भएको यो फोनमा सुपर पावर सेभिङ मोड पनि रहेको छ। साथै यो सेगमेन्टकै सबैभन्दा ठूलो सेन्सर र ५० एमपीको अल्ट्रा एचडी प्राइमरी क्यामरासहितको ५० एमपीको एआई ट्रिपल क्यामरा रहेको छ। यसका साथै यसमा भएको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले मेमोरी कार्डमा ३ जिबी सम्म भर्चुअल र्याम थप्न मिल्छ। यसका साथै यसको कपासिटिभ रिकग्निसन सिस्टम युक्त फास्ट साइड स्क्यानरले मात्र एक प्रेसमा फोन तुरुन्तै अनलक गर्छ।’

रियलमी नाइन–आई फाइभजी भदौ २८ गतेबाट दराजलगायत नेपालभरि रहेका रियलमीका १ हजारभन्दा बढी स्टोरहरुमा उपलब्ध हुनेछ।


प्रतिक्रिया दिनुहोस्