साफ महिला च्याम्पियनसिपः नेपाल सेमिफाइनलमा, इतिहास रच्ने दाउ

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : ३१


काठमाडौं । समुह विजेता बन्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।

समूह ‘बी’ को अन्तिम खेलमा सोमबार श्रीलंकमाथि ६-० फराकिलो जित निकाल्दै नेपाल समूह विजेता बनेर अन्तिम चारमा पुगेको हो ।

नेपाललाई जिताउन अमिसा कार्कीले २ गोल गरिन्। यस्तै रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा श्रीलंका खेलमा फर्कन सकेन र पराजित हुँदै घर फर्कन बाध्य भयो। नेपालले खेलको पहिलो हाफमै ४-० ले अग्रता बनाएको थियो।

नेपाल समूह विजेता बनेपछि यो समूहबाट भूटान उपविजेता बनेको छ । समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइलनम पुगिसकेका छन्। भारत र बंगलादेशबीच हुने समूह चरणको खेलको नजितापछि मात्र नेपाल र भुटानका सेमिफाइनलका प्रतिद्वन्द्वी टिमको टुंगो लाग्ने छ। नेपाल यसपटक इतिहास रच्ने दाउमा छ।


प्रतिक्रिया दिनुहोस्