प्रहरीलाई बालेनको प्रशिक्षणः घुस नखानुहोला, पाप धुरीबाट कराउँछ!

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : १२


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगर प्रहरीहरुलाई सोमबार प्रशिक्षण दिएका छन।

एक कार्यक्रमका बीच मेयर शाहले आज प्रशिक्षण दिएका हुन। उनले भ्रष्टचार नगर्न आग्रह गरेका छन्।

‘गल्ती भएका कुराहरुलाई सच्याउँदै इमान्दारिताका साथ काम गर्नुहोला’, उनले भने, ‘गलत काम गरेर पैसा आर्जन गरेर कहिल्यै सुख हुँदैन भन्ने कुरालाई मनन गर्नुस् । हामी हिन्दू धर्म, बौद्ध धर्म मान्नेहरु पाप र धर्ममा विश्वास गर्छौं। गलत तरिकाले पैसा कमाउम पाप धुरीबाट कराउँछ भन्ने मान्यतालाई मनन गरेर आफ्नो आचरणमा सुधार ल्याउनुस्।’

अरु के भने मेयर शाहले? तलको भिडियोमा हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्