फेसबुक लाइभमा आएर किन रोइन गायिका आस्था राउत ?

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : ११


काठमाडौँ । फेसबुक लाइभमार्फत नेपाल प्रहरी गाली गरेपछि विवादमा आएकी गायिका आस्था राउत फेरी फेसबुक लाइभमा आएकी छिन ।  आफूले तल्लो स्तरको अपमान सहनु परेकाले आक्रोश पोखेको प्रतिक्रिया दिएकी छिन् । उनले आफूलाई महिला प्रहरीले अमानवीय व्यवहार गरेको आरोप समेत लगाएकी छिन ।

फेसबुक लाइभ मार्फत उनले भनेकी छिन – ‘मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ,’ आस्था घटनाबारे बताउँदै अगाडि थप्छिन्, ‘उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ ।’

महिला प्रहरीले ठाडो भाषमा अपमान गरेको उनको भनाई छ । लाइभमा उनले भनेकी छिन – ‘उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तै पनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ,’ आस्था अगाडि थप्छिन्, ‘तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्नँ भनेँ । कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ’ 


प्रतिक्रिया दिनुहोस्