९ घण्टा बैठक बस्दा पनि गठबन्धनले मिलाउन सकेन भागबण्डा

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ०४


काठमाण्डौँ । आज निर्णय लिने भन्दै सत्ता गठबन्धनको लामो बैठक बसे पनि ठोस निर्णयविनै सकिएको छ। शीर्ष नेतासहित सोमबार बिहान ९ बजेदेखि सुरुभएको बैठक ८ घण्टा ४० मिनेट बसेर भर्खरै सकिएको छ तर नतिजा भने हात लाग्यो शुन्य छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार बैठकमा छलफल लामै समय भए पनि निष्कर्ष निस्किसकेको छैन। ‘आज लामै छलफल भयो, निष्कर्षमा पुगिएको छैन,’ प्रचण्डको भनाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सिटसंख्या र निर्वाचन क्षेत्रका बारेमा कुराकानी राम्रै भए पनि स्पष्ट नभइसकेको बताए।

उनले भने, ‘गठबन्धनमा सिटसंख्या र निर्वाचन क्षेत्र केन्द्रित भएर राम्रै कुराकानी भएको छ। तर क्लियर भइसकेको छैन।’


प्रतिक्रिया दिनुहोस्