अष्ट्रेलियाको आगलागीबारे १२ बर्ष अघिनै गरिएको थियो भविष्यवाणी

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ८ : २२


सिड्नी । अष्ट्रेलियाको जंगलमा फैलिएको आगो नियन्त्रण उन्मुख रहेको अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो ३६ घण्टामा आगालागी  भएको क्षेत्रमा वर्षा भएपछि आगो नियन्त्रणमा आउने आशा पलाएको हो । पछिल्लो ३६ घण्टामा धेरै ठाउँमा पानी परेको बताइएको छ ।

गत वर्षको सेप्टेम्बरमाबाट आगो लाग्न सुरु भएको थियो । भयानक आगलागिबाट २८ जना मानिसको ज्यान गएको छ भने करोडौं जनावर मरेका छन् । ठुलौ भौतिक क्षति भएको छ । 

विश्लेषकहरुका अनुसार उक्त आगोलाई सुरुमै ध्यान दिएको भए नियन्त्रण गर्न सकिन्थ्यो । तर अष्ट्रेलिया सरकार यसमा चुक्यो ।

जबकि १२ वर्ष अघि उघीनै अस्ट्रेलियामा यस्तो भयानक आगलागी हुने भविष्यवाणी गरिएको आजतकले जनाएको छ ।

अस्ट्रेलिया सरकारलाई सन् २००८ मा एउटा प्रतिवेदन बुझाइएको थियो जसमा भनिएको छ यदि जलवायु परिवर्त यसैगरि जारी रहे २०२० भन्दा ठीक अगाडि अष्ट्रेलियामा भयानक परिवर्तन हुनसक्ने छ ।

अष्ट्रेलियाको तापमान उच्च बढ्न सक्ने चेतावनी समेत दिइएको थियो । पछिल्लो ६ महिनायता जारी रहेको आगलागीका कारण हाल अस्ट्रेलियामा औसत तापमान करिब ४२ डिग्री सेल्सियस छ।

यो पनी पढ्नुहोस्

आगलागी फैलिनुमा गल्ती भएको अष्ट्रेलियाका प्रधानमन्त्रीको स्वीकारोक्ति


 


प्रतिक्रिया दिनुहोस्