नेपालले पाकिस्तानलाई २ करोड सहयोग दिने

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ५ : ०९


काठमाडौं । नेपालले पाकिस्तानलाई सहयोग गर्ने भएको छ।

गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै बाढीको चपेटामा रहेको पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत सामग्री दिन लागेको जानकारी दिएको छ।

पाकिस्तानमा बाढीका कारण गत जुनयता झन्डै एक हजार मानिसको मृत्यु भएको छ।

यसपालिको मनसुनमा पाकिस्तानभरि बाढीले विध्वंश मच्चाएको छ। सिन्ध, बलुचस्तान, खैबर पख्तुनख्वाहमा सबैभन्दा धेरै असर परेको छ।


प्रतिक्रिया दिनुहोस्