एक नम्बरमा एलन मस्क, हेर्नुहोस् १० सर्वाधिक धनी अमेरिकन सिईओहरू

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ५४


विश्वको शक्तिशाली राष्ट्रको रूपमा अमेरिकनलाई लिइन्छ। धेरै टप कम्पनीहरू अमेरीकामै रहेको छ। अमेरिकन मडिया ब्लूमबर्गले सार्वजनिक गरेको सर्वाधिक आयआर्जन गर्ने अमेरिकन कम्पनीहरूका उत्कृष्ट १० (टप टेन) सिईओहरूमा एलन मस्क पहिलो नम्बरमा रहेका छन् भने सिड सिजब्राण्डिज १० औं नम्बरमा रहेका छन्। मस्क विश्वका सर्वाधिक धनी व्यक्तिको सूचिमा एक नम्बरमा रहेका छन। यस्ता छन् सर्वाधिक आय–आर्जन गर्ने टप १० अमेरिकी कम्पनीका सिईयोहरू।

१) एलन मस्क

एलोन मस्क विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओहुन। मस्क विश्वका सर्वाधिक धनि व्यक्ति हुन्। मस्क विश्वकै तथा अमेरीकाका सर्वाधिक आयआर्जन गर्ने सिईयो हुन। उनले सन २०२१ मा १० अर्ब अमेरीकि डलर भन्दा अधिककमाएका छन।

२) रोबर्ट स्क्यारिङ्ग

रिभियन अटोमोटिभका सिईयो रोबर्ट स्क्यारिङ्ग सर्वाधिक कमाई गर्ने सिईयोको दोस्रो नम्बरमा छन्। रोबर्टले २००९मा रिभियनको स्थापना गरेका थिए र पर्याप्त वित्तपोषण सुरक्षित गर्न, एक असाधारण टोली भर्ती र मापन गर्न, र कम्पनीको उत्पादन र प्रविधि प्लेटफर्म स्थापना गर्न कठिन आर्थिक वातावरणको माध्यमबाट कम्पनीको नेतृत्व गरेका थिए। उनले २ अर्ब अमेरीकि डलर भन्दा अधिक कमाएका छन ।

३) टिम कुक

टिम कुक एप्पलका सीईओ हुन्, जसको आईफोन र अरू प्रडक्टको बिक्रीले यसलाई विश्वको सबैभन्दा ठूलो बजार पूंजीकरण भएको कम्पनी बनाएको छ। २०११ मा सीईओ बनेका कुकले यसअघि स्टिभ जब्सको नेतृत्वमा एप्पलको प्रमुख अपरेटिङ अफिसरका रूपमा काम गरेका थिए। उनले ८५ करोड अमेरीकि डलर भन्दा अधिक कमाएका छन।

४) पीटर रालिन्सन

पीटर रालिन्सन लुसिड मोटर्सको प्रमुख कार्यकारी अधिकारी र प्रमुख प्राविधिक अधिकारी हुन्। उनी टेस्ला मोडल एस र लुसिड एयरको सवारी साधन इन्जिनियरको रूपमा आफ्नो कामका लागि परिचित छन् । उनले ५७ करोड अमेरीकि डलर भन्दा अधिक कमाएका छन।

५) टम सिबेल

टम सिबेल एक अमेरिकी अरबपति व्यापारी, प्राविधिक, र लेखक हुन्। उनी इन्टरप्राइज सफ्टवेयर कम्पनी सिबेल सिस्टम्सका संस्थापक थिए र C3.ai संस्थापक, अध्यक्ष र सीईओ हुन्। उनले ३४ करोड अमेरीकि डलर भन्दा अधिक कमाएका छन।

६) सुइ नबी

सुइ नबीएक मान्यता प्राप्त विश्वव्यापी आविष्कारक र सौन्दर्य उद्यमी हुन्। कोटिविश्वको सबैभन्दा ठूलो सौन्दर्य कम्पनीहरू मध्ये एक हो, जसमा सुगन्ध, रंगीन सौन्दर्य प्रसोधन, कपालको रंग र स्टाइलिङर छाला र शरीरको हेरचाहमा ब्रान्डहरूको प्रतिष्ठित पोर्टफोलियो छ। उनले २०२० बाट कोटिको सिईयोको रूपमा काम गर्न थालिन। उनले २८ करोड अमेरीकि डलर भन्दा अधिक कमाएकी छिन ।

७) जोइ बे

जोइ बे केकेआर कम्पनीका सह–सिईयो हुन। पहिला उनले २०१७ देखि २०२१ सम्म सह–अध्यक्ष र सह–चीफ अपरेटिङ अफिसरको रूपमा काम गरेका थिए । उनले २७ करोड अमेरीकि डलर भन्दा अधिक कमाएका छन् ।

८) टोमर वेनगार्टेन

टोमरले २०१३ मा सेन्टिनेल वनको सह–स्थापना गरेका थिए। उनी कम्पनीको निर्देशन, उत्पादन र सेवा रणनीतिको लागि जिम्मेवार छन र कम्पनीको सिईयो समेत रहेका छन। उनले २७ करोडअमेरीकि डलर भन्दा अधिक कमाएका छन ।
९) एलेक्स कार्प

एलेक्स कार्प डाटा माइनिङ फर्म पलान्तीर टेक्नोलोजीका सहसंस्थापक र सीईओ हुन्, जसले सिआईए लगानी शाखा IN-Q-TL बाट प्रारम्भिक समर्थन प्राप्त गरेको छ । कम्पनीले डिपार्टमेन्ट अफ डिफेन्स, एफबीआई र डेनिस नेसनल पुलिस जस्ता सरकारी एजेन्सीहरूका लागि करारको काम गर्छ। उनले २६ करोडअमेरीकि डलर भन्दा अधिक कमाएका छन ।

१०) सिड सिजब्राण्डिज

सिड सिजब्राण्डिजगिटल्याबका सह–संस्थापक र सिईयो हुन । गिटल्याबको एकल अनुप्रयोगले संगठनहरूलाई उनीहरूको सुरक्षा र अनुपालनलाई सुदृढ पार्दै छिटो र अधिक कुशलतापूर्वक सफ्टवेयर प्रदान गर्न मद्दत गर्दछ। उनले २६ करोडअमेरीकि डलर भन्दा अधिक कमाएका छन् ।

 

 


प्रतिक्रिया दिनुहोस्