नेटिजेन्सको व्यंग्यः हलिउड स्टार एन्जेलिना जोलीले चोरिन स्वस्तिमा खड्काको स्टाइल!

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ४ : ३२


काठमाडौं। नेपालकी चर्चित नायिका स्वस्तिमा खड्काले सामाजिक सञ्जालमा आइतबार एक तस्बिर सार्वजनिक गरेकी थिइन्।

खड्काले आफ्नो एक्सन अवतार देखाउन फोटो पोस्ट गरेकी थिइन् जहाँ उनी दुवै हातमा बन्दुकसहित प्रस्तुत भएकी छिन्।

स्वस्तिमाको सोही तस्बिर यतिबेला सामाजिक संजालमा ट्रोल बनिरहेको छ। इन्टरनेट प्रयोगकर्ता ‘नेटिजेन्स’ले यतिबेला स्वस्तिमाको व्यंग्य गरिरहेका छन्।

स्वस्तिमाले खिचाएको तस्बिर हलिउड अभिनेत्री एन्जेलिनाको तस्बिरसँग मिल्दोजुल्दो देखिएपछि यतिबेला समाजिक संजाल प्रयोगकर्ताले स्वस्तिमाले नभएर एन्जेलिनाले स्वस्तिमाको स्टाइर चोरेको बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्