एमाले अध्यक्ष ओलीलाई २०५ किलोको माला, कालो झण्डा देखाउन खोज्ने ११ पक्राउ

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ३ : ५५


जनकपुरमा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर धाममा २०५ किलोको माला लगाएको स्वागत गरिएको छ।

एमाले जिल्ला कमिटीले तिरहुतिया गाछीमा आयोजना गरेको जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा रघुवीर महासेठ, जुली महतो, जिल्ला अध्यक्ष राजकिशोर यादव लगायतका नेताले उनलाई स्वागत गरेका हुन्।

सोही कार्यक्रममा कालो झण्डा देखाउन खोज्ने ११ जना पक्राउ परेका छन्।

 


प्रतिक्रिया दिनुहोस्