ऋण लागेपछि सपरिवार आत्महत्या प्रयास

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : ५६


काठमाडौं । बिहिबार त्रिशुली नदीमा २ सन्तान सहित हाम फालेका एक दम्पतीले व्यापारमा घाटा लागेपछि सामुहिक आत्महत्या गर्ने प्रयास गरेको खुलेको छ ।

हामपालेपछि स्थानीयद्वारा जिवितै उद्धार गरिएका काठमाडौं चन्द्रागिरि नगरपालिका ४ का ३५ वर्षीय विनय लामिछानेले प्रहरीसमक्ष दिएको बयानमा व्यवसायमा घाटा र ऋण लागेपछि आत्महत्या गर्ने योजना बनाएको बताएका छन् । 

गोरखा ससुराली गएका लामिछाने बिहीबार साँझ त्रिशुली नदीमा श्रीमती र दुई छोरासहित हाम्फालेका थिए।

श्रीमतीको शव भेटिएको छ भने दुई छोराको अवस्था अज्ञात रहेको छ ।

प्रहरीले थानकोटस्थित उनको घरमा सुसाइड नोट नोट समेत फेला पारेको छ । 

ससुाइड नोटमा उनीहरुले तिर्नुपर्ने ऋणको सबै विवरण समेत लेखिएको छ । 

लामिछानेले अनलाइन बिजनेस गर्दै आएका थिए । पढाउने काम छोडेर व्यापारमा लाग्दा उनले एक वर्षमै डेढ करोड क्षति व्यहोरेको देखिएको प्रहरीले जनाएको छ।

मिटर ब्याजमा ऋण लिएपछि उक्त परिवार तनावमा रहेको देखिन्छ । सामाजिक सञ्जालमा लामिछानेकि पत्नीले केहि समय अघि लेखेको स्टाटस यस्तो छ ।


प्रतिक्रिया दिनुहोस्