ओली, प्रचण्ड र देउवा वालुवाटारमा, सत्य निरुपण तथा मेलमिलापका लागि सहमति खोजिदै

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : ४४


काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषयमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल कांग्रेसका शीर्ष नेताहरुबीच छलफल चलिरहेको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरुबीच छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार suryaले जानकारी दिनुभयो । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, सुवास नेम्वाङलगायत सहभागी भएको थापाले बताउनुभयो ।

सत्य निरुपण सम्बन्धी छलफल सकिएपछि ओली र प्रचण्डबीच सभामुख चयनबारे पनि छलफल हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्