एमसीसीको विरोध गर्ने ३ जना भोजपुरबाट पक्राउ

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : २७


भोजपुर । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रेका ३ जना भोजपुरबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा भीम राई, विदुर राई र नगेन्द्र तामाङ रहेका छन्। 

उनीहरुलाई बिहीबार भोजपुरको देउराली चोकबाट प्रहरीले पक्राउ गर्न खोजेको थियो।

स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबारै राति घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको हो।  
 


प्रतिक्रिया दिनुहोस्