युक्रेनसँग हार्न थालेपछि रुसी सेनाले अस्पतालमै आक्रमण गर्न थाल्यो, युद्ध अपराध बढेको बढ्यै!

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : ५२


काठमाडौं। युक्रेनले प्रतिआक्रमण तीब्र पारेसँगै रुसी सेनाहरू प्रमुख पूर्वी शहरहरूबाट पछि हटेका विवरण सार्वजनिक भएका छन्।

युक्रेनी अधिकारीहरूले शनिबार रूसी सेनाका लागि महत्वपूर्ण पूर्वी आपूर्ति केन्द्र कुपियान्स्कमा प्रवेश गरेको बताएका छन्।

रुसी रक्षा मन्त्रालयले आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्न नजिकैको इज्युमबाट पछि हटेको जनाएको छ। डोनेट्स्क मोर्चामा ‘प्रयासलाई बलियो बनाउन’ तेस्रो प्रमुख सहर बालाक्लियाबाट सेना फिर्ता गरेको मन्त्रालयले पुष्टि गरेको छ।

किभ वरपरका क्षेत्रबाट रुसी सेना पछि हट्नु युक्रेनी सेनाको महत्वपूर्ण प्रगति हो। यसैबीच, आफ्नो नियमित रात्रीकालीन सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले २ हजार वर्गकिलोमिटर क्षेत्रफल मुक्त गरेको दाबी गरेका छन्।

युक्रेनसँगको युद्ध हार्दै गएपछि रुसले भने अस्पतालमा आक्रमण गर्न थालेको खबर सार्वजनिक भएका छन्। युक्रेनको उत्तरपूर्वी क्षेत्र सुमीमा रहेको एउटा अस्पतालमा रुसी हवाई हमला हुँदा भवन ध्वस्त भएको र केही मानिस घाइते भएका उक्त क्षेत्रका गर्भनरले बताएका छन्।

‘रूसी उड्डयन, युक्रेनी सीमा पार नगरी, अस्पतालमा गोली चल्यो। अस्पतला परिसर ध्वस्त भएका छन्। विस्फोटमा मानिस घाइते भएका छन्’ दिमित्रो झाइभयितिस्कीले भनेका छन्।

उक्त अस्पताल रुसको सिमानामा पर्ने भेल्याका पिसारिभका जिल्लामा रहेको उनले बताए। मस्कोले नागरिकलाई निसाना बनाएको कुरा अस्वीकार गर्दै आएको छ। यद्यपी रुसले युद्ध अपराधको घटनालाई बढाउँदै लगेको पाइएको छ।

पछिल्लो समयमा युक्रेनले रुसले यसअघि कब्जा गरेका भूभागलाई फिर्ता लिन थालेको छ।

यसैबीच रोयटर्सको खबरअनुसार युद्ध हार्दै गएपछि रुसी सेनाले युक्रेनमा रहेका बिजुली स्टेसन ध्वस्त बनाउन थालेका छन्। अहिले युक्रेनका ९० लाख मानिसहरु अन्धकारमा बसिरहेको बताइएको छ। रेडियो फ्रि युरोप र एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्