मिटरब्याजी पीडित किसानको शान्तिपूर्ण जुलुसमा प्रहरीको हस्तक्षेप, ३ जना घाइते

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : १९


काठमाडौं। मिटरब्याजी पीडित किसानहरुको शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।

कीर्तिपुरदेखि माइतीघरसम्म पैदल यात्रामा निस्केका मिटर व्याज पीडितलाई रोक्न प्रहरीले धरपकड गरेपछि ३ जना घाइते भएका छन् भने सबै पीडितहरु पक्राउ परेका छन्।

मिटरब्याजी पीडित ५०–६० जनाको टोलीलाई प्रहरीले लाठी चार्ज गर्दै नियन्त्रणमा लिएको उक्त जुलुसमा सहभागी प्रमोद धितालले जानकारी दिए।

‘प्रहरी धरपकडमा हाम्रा तीन जना साथीहरु घाइते हुनुभएको छ’, किसान आन्दोलनमा सहभागी थालनीका प्रमद धितालले दैनिक अनलाईनसँग भने, ‘अहिले हामी सबैलाई पक्राउ गरी कीर्तिपुर प्रहरी वृत्तमा राखेको छ।’

यतिबेला पक्राउ गरिएका किसान र आन्दोलनकर्मीले प्रहरी चौकीभित्रै नारावाजी गरिरहेका छन्।

No description available.

No description available.

No description available.


प्रतिक्रिया दिनुहोस्