माछापोखरीमा महानगरको डोजर

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १२ : ४५


काठमाण्डौँ ।  काठमाडौं महानगरपालिकाको डोजर सोमबार वडा नम्बर १६, बालाजुस्थित माछापोखरी क्षेत्रमा पुगेको छ । अनधिकृत संरचनामाथि निरन्तर एकसनमा रहेको महानगरले आज त्यस क्षेत्रका अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको हो ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताए ।

 


प्रतिक्रिया दिनुहोस्