काठमाडौं । पाकिस्तान प्रशासित कस्मिरका विभिन्न स्थानमा गएको हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ७६ पुगेको छ । पाकिस्तानले आजाद कस्मिर भन्ने गरेको त्यस क्षेत्रमा हिमपहिरोमा परेर अझै केही मानिस हराइरहेका छन् । हिमपहिरोमा परि घाइते भएका ५७ जनाका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
हिमपहिरोमा परि कयौँ घरहरुसमेत पुरिएका छन् । पाकस्तिानी प्रधानमन्त्री इमरान खानले हिमपहिरो गएको क्षेत्रको निरीक्षण र पीडितहरुसँग भेट गरेका छन् । हिमपहिरोमा फसेका ११ सयभन्दा बढीको उद्दार गरिएको पाकिस्तानी सेनाले जनाएको छ । वर्षा र त्यसपछि भएको भिषण हिमपातपछि त्यस क्षेत्रमा हिमपहिरो गएको बताइएको छ ।