हिमपहिरोमा पुरिएकी १२ वर्षीया बालिका १८ घण्टासम्म जिउँदै

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : १३


काठमाडाैं । पाकिस्तान प्रशासित कास्मिरमा हिमपहिरोमा पुरिएकी १२ वर्षीया बालिका १८ घण्टा पछि जिउँदै फेला परेकी छिन् । सामिना बिबी नामक ती बालिकालाई मंगलबार १८ घण्टापछि उद्धार गरिएको थियो । आफ्नो कोठामा हिउँमुनि पुरिएकी सामिनाले उद्दारकर्मी आएको थाहा पाएपछि चिच्याउँदै मद्दत मागेकी थिइन् ।

सोमबार गएको हिमपहिरोका कारण पाकिस्तानको निलम भ्यालीमा मात्रै ७४ जनाले ज्यान गुमाइसकेका छन् । ‘मैले पनि मर्छु भन्ने सोचेकी थिएँ,’ अस्पतालमा उपचार गरिरहेकी उनले रोयटर्ससँग कुराकानी गर्दै भनिन् । उनीसँगै थुप्रै घाइतेको मुजाफरावाद अस्पतालमा उपचार भइरहेको छ ।

हिमपहिरोका कारण समिना बाँचे पनि उनका दुई दाजुबहिनीले ज्यान गुमाएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापनका अनुसार हिमपहिरोका कारण मर्नेको संख्या एक सय पुगिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्