नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्यो

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : ५७


काठमाडाैं । नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ । बिहीबारदेखि परेको वर्षात्ले  इच्छाकामना गाउँपालिका–६ चारकीलोमा आज बिहान  पहिरो खसेको हो । 

    पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ । वर्षात्ले पहिरो पन्छाउने काम शुरु गर्न नसकिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्