रमेश प्रसाईंको परिवारसँग एमाले अध्यक्ष ओलीको भेट

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : ५२


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पब्लिक स्पीकर नेपालका विजेता रमेश प्रसाईंको परिवारसँग भेटघाट गरेका छन्।

रमेश र उनकी श्रीमती नन्दा सिंहलाई अध्यक्ष ओलीले निवासमै पुगेर भेटेका हुन।

लोकदोहोरी र राजनीतिक टिप्पणी गर्न माहिर रमेश बेलाबेला चर्चामा आइरहन्छन्।

आगामी चुनाव नजिकिँदै गर्दा एमाले अध्यक्ष ओलीले सेलिब्रेटीसँग भेटघाट बढाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

 

 

 


प्रतिक्रिया दिनुहोस्