यी हुन १७ खतरनाक एन्ड्रोइड एप

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ३ : २७


काठमाडौं । साइबर सेक्युरिटी अनुसन्धान कम्पनी बिटडिफेण्डरले स्मार्ट मोबाइलको लागि खतरनाक केहि एप्सहरु धेरैले प्रयोग गरिरहेको फेला पारेको छ । सेक्यूरिटी कम्पनी बिटडिफेण्डरले आफ्नो अनुसन्धान रिपोर्ट सार्वजनिक गर्दै गुगल प्लेस्टोरमा भएका १७ एप्स स्मार्टफोनका लागि निकै खतरनाक भएको जनाएको हो ।

कम्पनीले जनाएअनुसार अत्यन्तै खतनाक १७ एप्सलाई ५ लाखभन्दा बढि पटक डानलोड्ससमेत गरिएको जनाएको छ । कम्पनीले १७ एप्समध्ये जुनसुकै एप्स पनि मोबाइलमा हुनु खतरनाक भएकाे बताउँदै तुरुन्त डिलेट गर्न पनि आग्रह गरेको छ ।

जनाइएअनुसार बिटडिफेण्डरले फेला पारेकाे खतरनाक १७ एप्सले मोबाइललाई निरन्तर सक्रिय बनाइरहने र मोबाइलको ब्याट्री तुरुन्तै सकाइदिने गर्दछ । साथै एप्सले केहि खतनाक मानिएका भाइरस एप्सहरु पनि इन्स्टल गराउने गर्दछ । मैलवेयर भाइरसलाई ती एप्सहरुले तुरुन्त इन्स्टल गर्ने गरेको छ । साथै १७ एप्सले माेबाइलका महत्वपूर्ण डाटा लैजाने र नयाँ काम नलाग्ने डाटा आफैं भरिदिने र माेबाइलका डाटा डिलेट गरिदिने पनि गर्दछ ।

यी हुन् खतनाक १७ एप्स

Car Racing 2019

4K Wallpaper (Background 4K Full HD)

Backgrounds 4K HD

QR Code Reader and Barcode Scanner Pro

File Manager Pro – Manager SD Card Explorer

VMOWO City Speed Racing 3D

Barcode Scanner

Screen Stream Mirroring

QR Code – Scan and Read a Barcode

Period Tracker – Cycle Ovulation Women’s

Wallpapers 4K

Backgrounds HD

Transfer Data Smart

Explorer File Manager

Today Weather Radar

Mobnet.io: Big Fish Frenzy

Clock LED


प्रतिक्रिया दिनुहोस्