जावा माेटरसाइकलको दशैं अफर, निःशुल्क राइडिङ ज्याकेट र हेल्मेट

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ४ : २०


काठमाडाैँ । जावा मोटरसाइकलले दशैँ तिहारको अवसरमा नयाँ ग्राहकहरूका लागि एक अफर ल्याएको छ।

जावा नेपालले जावा ९ प्रतिशत ब्याजदरमा ल्याएको छ। साथै यस चाडपर्वको मौसममा हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेशनल राइडिङ ज्याकेट’ र निःशुल्क ‘हेल्मेट’ पनि प्राप्त गर्न सकिने छ। कम्पनीले गाडीको लागि सर्वाधिक मूल्याङ्कनसहित ‘इजी एक्सचेन्ज’ सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

‘अग्नि हायर पर्चेज लिमिटेड’ सँगको सहकार्यमा यो सुबिधा ल्याइएको कम्पनीले जनाएको छ । सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झट बिना आफ्नो मनपर्ने जावा खरिद गर्न सकिनेछ।

जावा मोटरसाइकल एक दशक भन्दा बढी समयदेखि मोटरसाइकल बनाउने लेजेन्डरी बाइक निर्माता कम्पनी हो । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो। स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहँदै आएको छ । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्राएको हो


प्रतिक्रिया दिनुहोस्