‘सभ्य र सुसंस्कृत समाज निर्माणका लागि साहित्य’ भन्ने मूल नाराका साथ तनहुँको आबुखैरेनीमा ‘आदिमूल शरदकालीन काव्योत्सव’ सम्पन्न भएको छ ।
आँबुखैरेनी वाङमय परिषदको आयोजनामा शनिबार आँबुखैरेनी गाउँपालिको सांस्कृतिक पर्यटकीय क्षेत्र आदिमूलमा काव्य महोत्सव सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष सूक्र चुमानले अहिले नेपाली साहित्यको अवस्था राम्रो नभए बताए। उनले लेखनको लेखनको विषय व्याख्या गर्दै हिँडेने गरेको भन्दै स्रष्टा नभएर सिर्जन आँफै बोल्नुपर्ने बताए।
उनले सहित्य आम मानिसले बुझ्ने भाषामा हुनुपर्ने भन्दै आमा मान्छेले नबुझ्ने साहित्य साहित्य नै नभएको बताए।
‘साहित्य आम मानिसले बुझ्ने खालको लेखिनुपर्छ । साहित्यको उद्देश्य समाजलाई सकारात्मक रुपान्तरण गर्ने खालको हुनुपर्छ’, अध्यक्ष चुमानले भने, ‘आम मानिसले नबुझ्ने साहित्य के साहित्यरु, त्यस्तो साहित्यको के अर्थ?’
उनले साहित्यमा आफ्नो पनि रुची रहेको बताउँदै आफू साहित्यकारसँग सहकार्य गर्न तयार रहेको बताए । उनले त्यसका लागि पालिकाले वाङमय परिषद्को गठन गरेर १५ लाख रुपैयाँ बजेटसमते विनियोजन गरेको जानकारी दिए। उनले विभिन्न जिल्लाका स्रष्टालाई आफ्नो पालिकामा ल्याएर कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।
परिषदका अध्यक्ष अनिल श्रेष्ठले कला साहित्य सँगसँगै साहित्यिक र सांस्कृतिक पर्यटन पर्वद्धनका लागि आदिमूलमा काव्योत्सव गरेको बताए। उनले आफूले यसै क्षेत्रमा साहित्य लेखनसम्बन्धी कार्यशाला समेत चलाउने तयारी गरिरहेको बताए। ‘अहिले सुरुवात मात्रै गरेका छौँ, पालिकाले हामीलाई राम्रो सहयोग गरिरहेको छ। आगामी दिनमा हामी थप कार्यक्रम गर्नगरी तयारी गरिरहेका छौँ’, अध्यक्ष श्रेष्ठले भने।
कार्यक्रममा काजी रोशन, खुमनारायण पौडेल, सुरेन्द्र अस्तफल, रमेश प्रभात, तेजविलास अधिकारी, मोदनाथ मरहट्टा, शैलज पौडेल, अम्बिका अर्याल, नारायण मरासिनी, भीम रानाभाट, रुपिन्द्र प्रभावी, चिन्तु गिरी, पुरुषोत्तम आचार्य, नारायण पोखरेल, सुरेन्द्र देवकोटा, खगेश्वर सापकोटा, मणिराज सिंह, माणिकरत्न शाक्य, आकाश अधिकारी, शारदा पराजुली, अर्जुन ढकाल, सिर्जना अधिकारी, शिव आर्यलगायतले आफ्नो रचना वाचन गरेका थिए।
कार्यक्रममा वाचित रचनामाथि समालोचक डा.कृष्णराज अधिकारीले समीक्षत्मक टिप्पणी गरेका थिए । उनले साहित्य समाजका लागि हुनुपर्ने बताउँदै पालिकाले त्यस क्षेत्रको साहित्यको उन्नयनका लागि उल्लेख्य भूमिका खेलेको भन्दै प्रशंसा समेत गरे ।
कार्यक्रममा आँडिमूल आमा समूह र कल्वले स्थानीय कौडा नृत्य प्रस्तुत गरेका थिए।
आँबुखैरनी वाङमय पुरस्कार डा.पौडेललाई
आँबुखैरेनी वाङमय पुरस्कार कवि तथा भूगर्भविद् डा. खुुमनारायण पौडेललाई प्रदान गरिएको छ।
आँबुखैरेनी स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको आएको यो पुरस्कार यस वर्ष कवि पौडेललाई प्रदान गरिएको हो। भूगर्वशास्त्र केन्द्रीय विभागका प्रमुख समेत रहेकाकवि पौडेललाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार काजी रोशन र आबुखैरेनी गाउँपालिकाका अध्यक्ष सूत्र चुमानले नगद र दोसल्ला ओडाएर सम्मान गरेका थिए।
त्यस्तै इन्द्रासन हास्यव्यंग्य पुरस्कारबाट कलाकार सुभास गजुरेल, कृष्णदास–चेतकुमारी मल्ल उत्कृष्ट खोज पत्रकारिता पुरस्कारबाट हेर्ने कथाकी विद्या चापागाईं र महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कारबाट स्थानीय विद्याथीहरु मञ्जु थापा र सुलना गुरुङलाई सम्मान गरिएको थियो। पुरस्कारको राशि जनही १० हजार रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार काजी रोशनले पुरस्कारले लेखक/स्रष्टालाई थप उत्प्रेरणा मिल्ने बताए। ‘पुरस्कारले लेखक स्रष्टामा थप हौसला थप्ने काम गर्छ’, उनले भने।
समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानीत स्रष्टाबारे समीक्षक समालोचक तेजविलास अधिकारी र कमल सुवेदीले बोलेका थिए।