नेयमारको निर्णायक गोलमा पीएसजीको जित

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : २७


काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ । गएराति भएको खेलमा घरेलु मैदानमा पीएसजीले ब्रेस्टमाथि १–० को कठिन जित निकालेको हो ।

पीएसजीको जितमा ब्राजिली फरवार्ड नेयमार जुनियरको गोल नै निर्णायक बन्यो । उनले ३०औं मिनेटमा लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए ।

जितसँगै अपराजित रहेको पीएसजी ७ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा छ । पराजित ब्रेस्ट ५ अंक जोडेर १७औं स्थानमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्