काठमाडौं । भारतको उडिशामा एक १० वर्षाीय बालकले प्रत्येक महिना सर्पले झैँ काँचुली फेर्ने गरेका छन्। उनलाई मानिसहरु मानव सर्प भनेर बोलाउँने गर्छन् । उनको नाम जगन्नाश हो । उनलाई एक दुर्लभ रोगले सताएको छ । जगन्नाथ उडिसाको गंजम जिल्लामा आफ्ना आमा र बुबाको साथमा बस्छन् ।
उनको छालामा मोटो-मोटो गहिरो रंगको कत्ला निस्किएको छ । उनको यो कत्ला प्रत्येक महिना निस्कन्छ । उनलाई लेलर इचियोसिस नामक रोगले सताएर यस्तो भएको हो । यो रोग डाक्टरका अनुसार ६ लाख मानिसहरु मध्येमा एक जनालाई लाग्न सक्छ ।
यो एक लाइलाज रोग हो । भारतीय सञ्चारमाध्यामका अनुसार बच्चा प्रत्येक एक घण्टामा नुहाउने गर्छ । यदि नुहाएन भने उनको शरिरको छाला धेरै निस्किने गर्छ । उनको छाला अहिले यति साह्रो भएको छ कि उनलाई हिँड्न समेत असहज हुने गर्छ । उनका पिता किसान हुन् । उनीसँग बच्चाको लागि उपचार गर्न सक्ने आर्थिक अवस्था छैन ।