आमाको अपमान गरेपछि रोल्डोनाले त्यागेका थिए इरिनासँगको प्रेम सम्बन्ध!

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : ४९


काठमाडौं। रुसकी चर्चित मोडल तथा हलिउड नायिका इरिना सेक र स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोबीचको प्रेम निकै गाढा थियो।

उनीहरु पाँच वर्षसम्म सँगै देखिए। प्रत्येक कार्यक्रम र भ्रमणमा सँगै हुन्थे। सन् २०१० देखि सुरुवात भएको प्रेम सम्बन्ध २०१५ मा पुगेर टुंगियो। तर यसरी उनीहरुको प्रेम टुंगिन्छ भनेर कसैले सोचेका थिएनन्।

के इरिनाले रोनाल्डोलाई धोका दिएकी हुन्? होइन, उनले मारिया डोलोरेस, क्रिस्टियानो रोनाल्डोको आमाको अपमान गरिन्। डोलोरेसको ६० औं जन्मदिनमा इरिनालाई पनि बोलाइएको थियो।

तर उनले रोनाल्डोको आमाको जन्मदिनमा जान अस्वीकार गरिन्। उनले रोनाल्डोलाई नजान भनिन्। यो रोनाल्डो र आफ्नो आमाको लागि ठूलो अपमान र बेइमानी थियो।

त्यसबेला इरिनाले आमा र आफूमध्ये एक रोज्न चुनौती दिएका थिए। रोनाल्डोले कुनै विचार गरेनन्। इरिनालाई त्याग गर्दै आमा रोजे। किनभने रोनाल्डोको आदर्श महिला भनेकै आमा हुन्।

क्रिस्टियानो जुनियरलाई समेत आमाको खाँचो थियो। आमा डोलोरेसले इरिनालाई त्यस दायित्व निभाउन पटकपटक आग्रह समेत गरेकी थिइन्। तर इरिनाले आमाको अनुरोध वेवास्था गरेकी थिइन्।

रोनाल्डो सानैदेखि परिवारमा विश्वास गर्ने व्यक्ति, परिवार नै उनको पहिलो प्राथमिकता। रोनाल्डोले ब्रेकअप दिनु अगाडि भनेका थिए,‘हामीले सोच्यौं यो नै उत्तम निर्णय हुनेछ। म उनलाई आगामी दिनको शुभकामना दिन चाहान्छु।’


प्रतिक्रिया दिनुहोस्